PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वीरगंजमा कोरोना भाइरसको पिसिआर परीक्षण शुरु, ६ घण्टामा ३६ वटा नमुना परीक्षण हुने



राधेश्याम पटेल

वीरगंजमा कोरोना भाइरसको पिसिआर परीक्षण शुरु, ६ घण्टामा ३६ वटा नमुना परीक्षण हुने

वीरगंज : वीरगंजको नारायणी अस्पतालमा मंगलवारबाट कोरोना संक्रमितको पिसिआर परीक्षण शुरु भएको छ। अस्पतालको पहिलेको परिवार नियोजन शाखामा जडान भएको पिसिआर ल्याबबाट तीन दिनदेखि पहिलोे चरणमा १६ जनाको स्वाबको परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए।

नारायणी अस्पतालमा पहिलो पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट सहित १६ जनाको स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र टेकुको रिपोर्टसँग वीरगंजको रिपोर्ट मिल्छ/मिल्दैन त्यो हेरेपछि मात्रै ल्याबको वास्तविक परीक्षण गर्ने काम शुरु गर्ने डा उपाध्यायले बताए। यसअघि सरकारले देशका विभिन्न १८ स्थानमा पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ।

वीरगंजमा ल्याब सञ्चालनमा आएसँगै अब बारा, पर्सा, रौतहट, सर्लाहीका सम्भावित संक्रमितको स्वाब परिक्षण सहज हुने भएको छ। वीरगंजमा सञ्चालनमा आएको पिसिआर ल्याबबाट एक पटकमा ३५ जनाको स्वाब परीक्षण गर्न सकिने र ६ घण्टामा ३५ जनाको नमुना परीक्षण हुने जनाइएको छ।

टिचिङको रियल टाइम पिसिआर मेसिन वैशाख ४ गतै वीरगंजको नारायणी अस्पतालमा स्वास्थय मन्त्रालयले पठाएको थियो। त्यसपछि आवश्यक केमिकल, प्रविधिको कारण मेसिन जडान र सञ्चालनमा ढिलाई भएको डा उदयनारायण सिंहले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell