PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

लकडाउनमा फुर्सद छैन किसानलाई, शहर पाल्न खेतमा व्यस्त

लकडाउनमा फुर्सद छैन किसानलाई, शहर पाल्न खेतमा व्यस्त

रोजन श्रेष्ठ/पहिलोपोस्ट


कोही आलु खनेर बोरामा भर्दै ओसारिरहेका छन्। कोही साग टिपेर मुठा पार्दै। रोपेका विरुवामा औषधी छर्नेहरु आफ्नै धुनमा व्यस्त। अनि खाली भएको खेतमा कोदाली चलाउनेहरु उसैगरी पसिना बगाइरहेका। भक्तपुरमा बिहानै देखिएको यो दृष्यले लकडाउनमा किसानको अवस्थालाई व्याख्या गरिरहेको छ - उनलाई फुर्सद छैन।

भक्तपुरको मनहरा फाँटमा तरकारी बाली राम्रोसँग लाग्छ। त्यसैले कसैले आफ्नै त कसैले जग्गा भाडामा लिएर पनि कृषि कर्मलाई निरन्तरता दिने गरेका छन्। यहाँ उत्पादित तरकारी भक्तपुर र काठमाडौंका बजारमा पुग्छ। शहरलाई ताजा तरकारी दिनेहरुलाई लकडाउनले रोक्यो भने शहरवासीले भोकै हुनुपर्दैन त? रोजन श्रेष्ठले यिनै किसानको कर्मलाई आफ्नो लेन्सबाट यसरी कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell