PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

युरोपमा कोरोना कहर : मर्ने संक्रमितको संख्या बेलायतमा सबैभन्दा धेरै



पहिलोपोस्ट

युरोपमा कोरोना कहर : मर्ने संक्रमितको संख्या बेलायतमा सबैभन्दा धेरै

बेलायत युरोपमा सर्वाधिक कोरोना संक्रमितहरुको मृत्यु हुने देश बनेको छ। त्यहाँका परराष्ट्र सचिव डोमिनिक राबले सरकारी तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

बेलायतका अस्पतालहरुमा मृत्यु हुने संक्रमितको संख्या २९ हजार ४ सय २७ पुगेको छ। राबले भनेका छन्, 'यो हाम्रा लागि ठूलो पीडादायी क्षण हो। यसअघि हामीले यो सबै भोगेका थिएनौं।'

यसअघि युरोपमा इटालीको मृत्युदर सबैभन्दा बढी थियो। त्यहाँ हालसम्म २९ हजार ३ सय १५ जना संक्रमितको मृत्यु भएको जोन होप्किन्स विश्वविद्यालयको कोभिड-१९ स्रोत केन्द्रले जनाएको छ। 

बीबीसीको तथ्यांक विभाग प्रमुख रोबर्ट कुफेले यसरी मृत्युदर बढ्नुलाई बेलायतमा इटालीकोभन्दा १० प्रतिशत ठूलो जनसंख्या हुनुलाई मानेका छन्। त्यस्तै इटालीले सुरुवातदेखि गरेको 'टेस्टिङ'लाई पनि अर्को कारण मानेका छन्।

नियमित कोरोना भाइरस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिवले भने, 'तर हामीले अन्तर्राष्ट्रिय तथ्याङ्कसँग तत्काल तुलना गर्नु ठीक होइन। त्यसका लागि यस महामारी रोकिनु पर्छ।'

बेलायतमा हालसम्म १ लाख ९६ हजार २ सय ४० जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell