PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

विज्ञहरुको चेतावनीबीच 'कोरोना भाइरस टास्क फोर्स' खारेज गर्दै डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

विज्ञहरुको चेतावनीबीच 'कोरोना भाइरस टास्क फोर्स' खारेज गर्दै डोनाल्ड ट्रम्प

ह्वाइट हाउसले 'कोरोना भाइरस टास्क फोर्स' खारेज गर्ने भएको छ। बुधवार उक्त निर्णय घोषणा भएको छ। उक्त समूहको नेतृत्व समेत गरेका उपराष्ट्रपति माइक पेन्सले एक साताभित्र टास्क फोर्स बन्द हुने बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जानकारीको पुष्टि गरेको बीबीसीले जनाएको छ। एरिजोनास्थित एक मास्क उत्पादन गर्ने उद्योग भ्रमणका क्रममा उनले भने, 'हामी हाम्रो देशलाई सामान्य स्थितिमा फर्काउँदै छौं।'

माइक पेन्स र समूहले उत्कृष्ट काम गरे पनि अब आवश्यक सुरक्षासहित देशमा लकडाउन हटाउनुपर्ने तर्क राखे। भने, 'सबैकुरा ठीक भइसक्यो भनेको होइन। केही मानिस प्रभावित हुन्छन्। केही अझै बढी प्रभावित हुन्छन्। तर, हामीले व्यवसाय, कलकारखाना, उद्योग धन्दा खोल्नै पर्छ।'

अमेरिकामा दैनिक २० हजार कोरोना संक्रमित थपिने र कोरोनाकै कारण मर्नेको संख्या दैनिक १ हजार कट्दै गरेको अवस्थामा उनले यस्तो निर्णय लिएको छ। जनस्वास्थ विज्ञ एवं अन्य अध्ययनकर्ताले भने देशमा लकडाउन खुल्दा निम्तने भयानक स्थितिबारे चेतावानी दिएका छन्। विश्लेषकहरुले भनेका छन्, 'अमेरिकी जनताको स्वास्थ्यमाथि खेलवाड गरिँदैछ। उनी नोभेम्बरमा हुने निर्वाचन केन्द्रित भएर यहाँको अर्थतन्त्रलाई अघि बढाउन चाहन्छन्।'

जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १२ लाख ३ हजार ८ सय ९२ मानिसमा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell