PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

१ करोड ९ लाख रुपैयाँ भेटिएका ट्रकका चालक भन्छन् : डाइपर लिएर सिलगुडी जान नेपाल आएका थियौं



पहिलोपोस्ट

१ करोड ९ लाख रुपैयाँ भेटिएका ट्रकका चालक भन्छन् : डाइपर लिएर सिलगुडी जान नेपाल आएका थियौं

काठमाडौं : मंगलवार विराटनगर महानगरपालिका १८ स्थित चेकपोष्टमा स्रोत नखुलेको लाखौं भारतीय रुपैयाँ सहित पक्राउ परेका दुई जनाले आफूहरु नेपाल डाइपर लिन आएको बताएका छन्। उनीहरुले प्रहरीको प्रारम्भीक बयानमा डाइपर लिएर सिलगुढी जान लागेको बयान दिएका हुन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा १ करोड ९ लाख ७९ हजार रुपैयाँ  फेला पारेको थियो। प्रहरीले भारतको दार्जिलिङ घर बताउने २५ वर्षीय रविकुमार शर्मा र बिहार रौतिनिया घर भएका १८ वर्षीय चतुर कुमारलाई नियन्त्रणमा लिएको थियो।

उक्त ट्रक अत्यावश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ। उनीहरुको ट्रकको सिटमुनि रकम लुकाएको भेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell