PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतले भोलि एकै दिन १५ हजारको एयरलिफ्ट गर्ने, १२ देशबाट अलपत्र परेकालाई ल्याउँदै



पहिलोपोस्ट

भारतले भोलि एकै दिन १५ हजारको एयरलिफ्ट गर्ने, १२ देशबाट अलपत्र परेकालाई ल्याउँदै

नयाँ दिल्ली : भोलि एकै दिन भारतले ६४ फ्लाइट मार्फत् करिब १५ हजार भारतीयलाई एयर लिफ्ट गर्ने भएको छ। विभिन्न १२ मुलुकमा अलपत्र परेका भारतीयहरुलाई एयर लिफ्टको तयारी भएको हो। बिहीवारबाट सुरु हुने उद्दार कार्य साताव्यापी चल्ने छ।

'बन्दे भारत मिसन' शीर्षकमा भारतका विदेश मन्त्री एस जयशंकरले ट्विट गर्दै यसको जानकारी दिएका हुन्। उनले भारत आउनेहरुलाई आफू रहेको मुलुकका दूतावासको सम्पर्कमा रहिरहन समेत आग्रह गरेका छन्।

खाडी मुलुक बाहेक सेड्युलमा नरहेका व्यवसायिक उडान गर्ने विमानहरुबाट अमेरिका, बेलायत, वंगलादेश, मलेसिया, सिंगापुर र फिलिपिन्सबाट भारतीयलाई ल्याइने तयारी गरिएको छ। सबैगरी १ लाख ९० हजारलाई सुरुमा ल्याउने तयारी भएको छ। यो संख्या ४ लाख सम्म पुग्न सक्ने नागरिक उड्ययन मन्त्री हरदीप पुरीले भने।

भारत अहिले कोरोना संक्रमणको दक्षिण एसियाकै सबैभन्दा जोखिम अवस्थाबाट गुज्रिरहेको छ। त्यसमा लाखौंलाई एयरलिफ्ट गर्ने तयारीले यहाँ चुनौती थपिने निश्चित छ। यसरी ल्याउने सबैलाई क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने छ। कोभिड १९ विरुद्धको युद्धमा अस्पताल भरिनेक्रम जारी रहँदा भारतले विदेशमा रहेका नागरिकलाई ल्याउने पहल थालेको हो।

केरला, महाराष्ट्र लगायतका राज्यले अस्पतालमा थप सुविधा बढाउँदै तयारी थाल्नुपर्ने देखिन्छ।

एयर इन्डियाले अमेरिकाबाट फर्कने भारतीयका लागि १ लाख रुपैयाँ र लन्डनबाट फर्कनेका लागि ५० हजार रुपैयाँ भाडा तोकेको छ। ढाकाबाट दिल्लीको भाडा १२ हजार तोकिएको छ भने दुवई कोची १६ हजार रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell