PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रहरीको लकडाउन दैनिकीः बिहानै १२ सय जना समातिए



पहिलोपोस्ट

प्रहरीको लकडाउन दैनिकीः बिहानै १२ सय जना समातिए

काठमाडौँ : काठमाडौं उपत्यकाभित्र लकडाउन उल्लंघन गर्ने १२ सय ५७ जनालाई प्रहरीले कारवाही गरेको छ।

आज बिहान ८ बजेसम्म ३ सय २१ जना महिला सहित १२ सय ५७ जनालाई कारबाही गरिएको प्रहरीले जानकरी दिएको छ। उपत्यकाभित्रका तीनवटा जिल्ला मध्ये सबैभन्दा धेरै काठमाडौंमा कारबाहीमा परेका छन्।

सरकारले कोरोना संक्रमणमबाट बच्नको लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी राखेको छ। लकडाउनको समयमा कसैलाई पनि घरबाट अत्यआवश्यक काम बाहेक ननिस्कन भनिएको छ। यसरी अनावश्यकरुपमा निस्कनेलाई प्रहरीले सडकमा उभ्याएर राख्ने गरेको छ।

त्यस्तै लकडाउनको समयमा जारी भएको सवारी पास बिना सवारी कुदाएका ७९ वटा सवारी नियन्त्रणमा लिइएको छ। सकारले अन्तिम पटक थप गरेको लकडाउनको समय भोली राति १२ बजेबाट सकिदैँछ। तर सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell