PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

मन्त्रिपरिषद्को बैठक बोलाइयो, लकडाउन थपबारे निर्णय हुने



पहिलोपोस्ट

मन्त्रिपरिषद्को बैठक बोलाइयो, लकडाउन थपबारे निर्णय हुने

काठमाडौं : आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। आज बस्ने बैठकलले लकडाउन थप गर्ने विषयमा निर्णय गर्ने छ। सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय बिहीवार राति १२ बजेबाट सकिँदैछ।

बैठकमा उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लकडाउन थप गर्ने विषयमा प्रस्ताव राख्नेछन्। मंगलवार बसेको समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो। समितिले लकडाउनको अवधि र मोडालिटी मन्त्रिपरिषदबाट पारित हुने गरी राय दिएको छ।

सरकारले चैत ११ गतेबाट लकडाउन जारी राखेको छ। तर, लकडाउन जारी राखे पनि कोरोना परिक्षणको दायरा नबढाइँदा लकडाउनको औचित्य कम हँदै गएको विभिन्न टिकाटिप्पणी सुरु भइसकेको छ। त्यसैले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell