PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

इलोन मस्क र ग्रिम्सले पहिलो बच्चाको राखे अनौठो नाम, अर्थ पत्ता लगाउन मानिसहरुलाई हम्मेहम्मे



पहिलोपोस्ट

इलोन मस्क र ग्रिम्सले पहिलो बच्चाको राखे अनौठो नाम, अर्थ पत्ता लगाउन मानिसहरुलाई हम्मेहम्मे
Photo: Jason Kempin/Getty Images

टेक अर्बपति इलोन मस्कलाई मंगलवार ट्विटरमा ३ करोड ३७ लाख बढी फलोअरमध्येका एक जनाले बच्चाको नामबारे सोध्दा उनको जवाफ थियो : ‘X Æ A-12 Musk’। जुन अहिले ट्विटरमा ट्रेन्डिङ पनि भइरहेको छ। ट्विटरमा मानिसहरु यो नाम डिकोड गर्न लागि परेका छ।

 

 

तर, यो साचो कुरा हो या ट्रोलिङ मात्रै? एक अर्थमा भन्दा सायद दुवै। धेरैले त्यो नाम बच्चाको वास्तविक नामको कोड हुन सक्ने पनि अनुमान गरेका छन्। वास्तवमा मस्ककी पार्टनर गायिका ग्रिम्स (वास्तविक नाम : क्लेर एलिस बाउकर) को पछिल्लो एल्बम ‘एन्थ्रोपोसिन’मा ‘4 Æ M’ नामक ट्र्याक छ, जसको अर्थ ‘फर एई मस्क’ भएको बुझिएको छ। यसबाट पनि केही कुरा बुझ्न सकिन्छ।

ग्रिम्सले यसबारे केही कुरा स्पष्ट पार्ने कोसिस पनि गरेकी छिन्। उनले Æ ले AI (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) र X ले अंग्रेजी अक्षरको ‘X’ लाई बुझाएको बताइन्।
 

 

अहिलेसम्मको जानकारी यति नै छ। तर, वास्तवमा जन्मदर्तामा चाहिँ बच्चाको नाम के छ?

‘X Æ A-12 Musk’ लाई कसरी पढ्ने र अहिले यसको अर्थ के हुन सक्छ भन्ने कुरामा धेरैले धेरै प्रकारका अनुमान गरिरहेका छन्।

‘लकहिड ए-१२’ नामक फाइटर जेटको ‘कोड नेम’ ‘आकएन्जेल’ थियो। यो कुरा मस्क र ग्रिम्स दुवै जनाको लागि महत्वपूर्ण छ। किनकी मस्कको रुची एयरक्राफ्ट (जहाज)मा छ। उनी अन्तरिक्ष सम्बन्धी गतिविधिमा पनि सक्रिय छन्। अनि, ग्रिम्सले आफ्नो काममा ‘बिब्लिकल रिफरेन्स’को निकै प्रयोग गर्ने गरेकी छिन्। ‘एक्स’को हकमा भने एक जना फलोअरले यसको अर्थ जाभियर हुन सक्ने अनुमान गरेका छन्। तर, मस्क र उनकी पूर्वश्रीमती जस्टिन विलसनबीच जाभियर नाम गरेका छोरा छन्। निल, एलेक्जेन्डर र साशा पनि अन्य अनुमान हुन्। अथवा ‘एक्स’ मात्रै हो भन्ने पनि कतिपयको अनुमान छ। अहिले केहीले बच्चाको नाम जाभी आकएन्जेल मस्क हुन सक्ने अनुमान गरेका छन्। अथवा ‘X Æ A-12 Musk’ नै पनि हुन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell