PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

टम क्रुजको नयाँ फिल्म 'अन्तरिक्ष कक्ष'मा, नासाले गर्‍यो पुष्टि



पहिलोपोस्ट

टम क्रुजको नयाँ फिल्म 'अन्तरिक्ष कक्ष'मा, नासाले गर्‍यो पुष्टि
Paramount Pictures

हलिउड स्टार टम क्रुज अन्तरिक्ष केन्द्रमा फिल्म बनाउने भएका छन्। जसका लागि क्रुज र अमेरिकी वैज्ञानिक संस्था, नासाले सहकार्य गर्न लागेका हुन्। अन्तरिक्ष कक्षमा नै कथानक चलचित्र छायाँकन हुन लागेको यो पहिलो पटक हो।

क्रुजसँगको सहकार्यमा नासा उत्साहित रहेको जनाइएको छ। त्यहाँका प्रशासक जिम ब्रिडेन्टसाइनले यस खबरको पुष्टि गर्दै ट्वीट लेखेका छन्,'हामीलाई चर्चित सञ्चार माध्यम चाहिन्छ जसले नयाँ पुस्ताका इन्जिनियर र वैज्ञानिकहरुलाई उत्प्रेरित गर्छन्। यस महत्वकांक्षी योजनाहरुलाई मूर्त रुप दिन सहयोग पुर्‍याउँछ।'

डेडलाइन हलिउडले यस बारेमा सोमबार नै खबर सार्वजनिक गरेको थियो। उक्त खबरमा क्रुज र एलोन मस्कको स्पेस एक्सले एक्सन एड्भेन्चर फिचर फिल्ममा सहकार्य गर्न लागेको जनाएको थियो। खबरमा क्रुजले 'आउटर स्पेस'मा छायाँकन गर्ने तयारी गरेको जनाइएको थियो।

फिल्मको प्लट लगायत अन्य जानकारी भने सार्वजनिक नगरिएको स्पेस फ्लाइटले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell