PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेकपा स्थायी कमिटी : एक व्यक्ति एक पदको एजेण्डा, प्रधानमन्त्री ओलीमाथि दबाब



कुञ्जरमणि भट्टराई

नेकपा स्थायी कमिटी : एक व्यक्ति एक पदको एजेण्डा, प्रधानमन्त्री ओलीमाथि दबाब

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिती बैठक बिहिवारबाट सुरु हुदैछ। बैठकको तयारीका लागि बुधवार दिउँसो ३ बजे सचिवालय बैठक पनि डाकिएको छ। स्थायी कमिटी बैठक अघि नेकपाका आन्तरिक छलफलले तिव्रता पाएको छ।

शनिवारको सचिवालय बैठकले अब गुटगट भेला नगर्ने निर्णय गरेको थियो। तर, त्यसको उलंघन गर्दै गुटगत छलफल जारी छन्।

मंगलवार मात्रै पार्टीका शीर्ष नेताहरु आआफ्नो समूहसँग भेटघाट गर्न मै व्यस्त रहे। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरे। उता, स्थायी कमिटी बैठकको माग गरेका २० सदस्यहरुले  पनि छुट्टै भेला गरे।

प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यहरु बिहिवारको बैठकमा 'एक व्यक्ती एक मुख्य पद'को अवधारणालाई सशक्त रुपमा उठाउने निष्कर्षमा पुगेका छन्।

नेकपा स्थायी कमिटी सदस्य गणेश शाहले 'एक व्यक्ति एक पद'को अवधारणालाई बैठकमा जोडदार रुपमा उठाउने बताए। साथै बैठकमा सरकार र पार्टीको समिक्षा हुने बताए।

'हामीले मंगलवारको छलफलबाट निष्कर्ष त निकालेका छैनौं। तर,पार्टीमा एक व्यक्ति एक पदको माग पहिल्यैदेखि राख्दै आएका छौं। भोलिको बैठकमा यसलाई अझै टड्कारो रुपमा उठाउँछौं। प्रधानमन्त्रीका लागि मात्रै होइन तल्लो तहसम्म पनि यो लागु हुनुपर्छ, 'उनले भने।

नेकपामा 'एक व्यक्ति एक पद' अवधारणाको माग नौलो होइन्। यस मागलाई वरिष्ठ नेता माधवकुमार नेपालले लामो समयदेखि अघि सार्दै आएका छन्। तर, यसको कार्यान्वयन हुन सकेको छैन्।

नेता नेपालले फरक मत प्रस्तुत गर्दै ओलीले एक पद छाड्नुपर्ने माग राखेका थिए। यही मागलाई सम्बोधन गर्ने भन्दै गत मंसिर ४ गते दुई अध्यक्षको कार्यविभाजन भएको थियो।

प्रधानमन्त्री ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नभएको भन्दै प्रचण्डले असन्तुष्टी जनाउँदै आएका छन्। पछिल्लोपटक सो सहमतिबाट ओली पछि हटेको नेताहरु बताउँछन्। त्यसैले पनि एक व्यक्ति एक पदको विषय उठ्ने देखिन्छ।

नेतृत्वबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने शाहको भनाइ छ। 'उहाँहरुले सहमति गर्नुहुन्छ। त्यसको कार्यान्वन हुदैन्। यसमा त नैतिकताको पनि कुरा हुन्छ। त्यसो गर्नु भएन सहमति अनुसार चल्नुपर्यो, उनले भने।

आवश्यकता भन्दा पनि व्यक्तिका इच्छाले पद सिर्जना गर्न थालिएको भन्दै उनी असन्तुष्ट देखिए।

'कसैको इच्छाले होइन आवश्यक्ताले पद सिर्जना गर्नुपर्छ। सचिवालयले जे मन लाग्यो त्यस्ता निर्णय गर्न थालेको छ। महत्वपूर्ण निर्णय गर्नुअघि स्थायी कमिटीमा छलफल हुनुपर्यो, 'उनले भने।

उनले स्थायी कमिटीमा ओलीको राजीनामा माग हुनसक्ने संकेत गरे।

यसअघि सचिवालय बैठकमा समेत ओलीको राजीनामा माग गरिएको थियो। तर अन्तिम समयमा नेताहरु सहमत हुँदा राजीनामाको कुरा हाललाई टरेको सचिवालय सदस्य झलनाथ खनालले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell