A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69971ad040bad0.58414377): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69971ad040bad0.58414377,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69971ad040ff72.63452534): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69971ad040ff72.63452534,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69971ad0449922.96888819): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69971ad0449922.96888819,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेपालगञ्जमा थप ५६ जनाको स्वाब संकलन, पहिलो संक्रमितकै सम्पर्कमा थिए ३ सय जना, बाँकी २२ जनाको पनि कन्ट्याक्ट ट्रेसिङ हुँदै
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

नेपालगञ्जमा थप ५६ जनाको स्वाब संकलन, पहिलो संक्रमितकै सम्पर्कमा थिए ३ सय जना, बाँकी २२ जनाको पनि कन्ट्याक्ट ट्रेसिङ हुँदै



कमलराज भट्ट

नेपालगञ्जमा थप ५६ जनाको स्वाब संकलन, पहिलो संक्रमितकै सम्पर्कमा थिए ३ सय जना, बाँकी २२ जनाको पनि कन्ट्याक्ट ट्रेसिङ हुँदै

काठमाडौं : कोरोना भाइरसबाट २३ जना संक्रमित भएको बाँकेमा मंगलवार ५६ जनाको स्वाब संकलन गरिएको छ।

पहिलो संक्रमित नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित इस्लामिया फैजुल उलम मदरसाका ६० वर्षीय शिक्षक र पछि थपिएका २२ जना संक्रमितको सम्पर्कमा आएका ५६ जनाको स्वाब संकलन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए।

हिजो स्वाब संकलन गरिएका सबै वडा नम्बर ८ कै बासिन्दा हुन्। उनीहरुको स्वाब भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको छ।

यसअघि शनिवार र आइतवार गरी १ सय ५ जनाको स्वाब संकलन गरिएको थियो। उनीहरु पहिलो संक्रमित मदरसाका शिक्षकको सम्पर्कमा आएकाहरु हुन्। बाँकेका पहिलो संक्रमितलाई गत शुक्रवार पीसीआर परीक्षणका क्रममा भाइरस पोजेटिभ देखिएको थियो। 

भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाका अनुसार पहिलो संक्रमितसँग सम्पर्कमा आएका १ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गर्दा २२ जनामा संक्रमण देखिएको थियो। आइतवार ६० जनाको रिपोर्ट आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने मंगलवार ४५ जनाको रिपोर्टमा ७ जनालाई पोजेटिभ देखियो। संक्रमितहरु ७ र ९ वर्षको बालिकासहित ५५, ५८ र ६० वर्षको वृद्धसम्म छन्।

मंगलवार संकलन गरिएका स्वाब विभिन्न संक्रमितसँग सम्पर्कमा भएका व्यक्ति भएको एसपी ओलीले बताए। '५६ जनाको स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ। स्वाब संकलन आज पनि जारी छ,' उनले भने।

उनका अनुसार संक्रमितहरु कोको सँग जोडिएको छ भनेर कन्ट्याक्ट ट्रेसिङ पनि जारी छ। 'पहिलो संक्रमितको सम्पर्कमा करिब तीन सय जना रहेको भन्ने छ। स्वास्थ्य र प्रहरी कर्मचारी खटिएर खोज्दैछौं,' एसपी ओलीले भने, 'भेटघाट देखिएको हुनाले ट्रेस गरेर स्याम्पल कलेक्सन गरिएको हो।'

फिल्डमा खटिएका प्रहरी निरीक्षक सुरज खत्रीले ट्रेसिङपछि छुटेका ठाउँहरुबाट स्वाब संकलन सुरु भएको बताए। उनका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा रहेका सबै संक्रमितसँग सोधपुछ सकिएको छ। 'वडा नम्बर ८ को रेड जोनभित्र वरीपरीकै एरियामा संक्रमितहरुसँग सम्पर्क भएकाहरुको संकलन भइरहेको छ,' उनले भने।

भेरी अस्पतालका अनुसार स्वाब संकलन गरिएका ५६ जनाको पीसीआर परीक्षण सुरु भएको छ। उनीहरुको परीक्षण रिपोर्ट आज साझ वा भोलिसम्म आउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell