PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

लकडाउन जेठ ५ गते सम्म थपियो



पहिलोपोस्ट

लकडाउन जेठ ५ गते सम्म थपियो

काठमाडौँ: जारी लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको छ। लकडाउन जेठ ५ गतेसम्म कायम हुनेछ।

पाँचौँ पटक लकडाउनको अवधि बढाइएको हो। चैत ११ गतेबाट लकडाउन जारी छ। 

मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन यथावत राख्न सरकारलाई सुझाव दिएको थियो। कम्तीमा जेठ १० गतेसम्म अहिलको अवस्थालाई निरन्तरता दिने पक्षमा सरकार छ। 

यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र हजाइ उडानको बन्द पनि कायम रहनेछ। सरकारले अनुमति दिएका बस्तुको आयात भने यसबीचमा अवराेध हुने छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell