PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कोरोना असर र बजेटबारे अध्ययन गर्न कांग्रेसले बनायो समिति, रामशरण महतदेखि स्वर्णिम वाग्लेसम्म छनौट



पहिलोपोस्ट

कोरोना असर र बजेटबारे अध्ययन गर्न कांग्रेसले बनायो समिति, रामशरण महतदेखि स्वर्णिम वाग्लेसम्म छनौट

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको प्रभाव तथा संक्रमणले पारेको असर र आगामी बजेटबारे अध्ययन गर्न एक १४ सदस्यीय समिति गठन गरेको छ।

वैशाख १७ को केन्द्रीय समितिको विभिन्न समिति गठन गर्ने निर्णयअनुसार सभापति शेरबहादुर देउवाले बुधबार पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका व्यक्तिहरुलाई छनौट गरी जिम्मेवारी दिइएको छ।

समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले रहेका छन्।

समितिले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्नेछ।

तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ।

समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell