PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

'माइ ब्वाइ ललिपप' गायिका मिल्ली स्मलको निधन



पहिलोपोस्ट

'माइ ब्वाइ ललिपप' गायिका मिल्ली स्मलको निधन
Photo Credit : BBC

जमाइकन गायिका मिल्ली स्मलको निधन भएको छ। 'माइ ब्वाइ ललिपप' गाएर चर्चामा रहेकी स्मलको मे ५ मा बेलायतमा निधन भएको हो। ७३ वर्षीया उनलाई 'स्ट्रोक' भएको हो।

सन् १९६४ मा अमेरिका र बेलायतमा नम्बर दुईमा रहेको उनको गीत 'माइ ब्वाइ ललिपप' हालसम्म सर्वाधिक बिक्री भएको गीत हो। उक्त गीत सात मिलियन पटक बिक्री भएको थियो।

बेलायत- जमाइका संगीतका लागि काम गर्दै आएको आइल्यान्ड रेकर्डसका संस्थापक क्रिस ब्ल्याकवेलले उनको मृत्यु पुष्टि गरेका हुन्। भनेका छन्,'एकदम प्यारो अनि विशेष छ उ।'

सन् १९६३ मा क्रिसले नै स्मललाई लण्डन पुर्‍याएर गीत रेकर्ड गराएका थिए। त्यस समय उनको 'हाइ- पिच्ड' आवाजको निकै चर्चा भएको थियो। कतिले त बालबालिकाको जस्तै स्वर पनि भन्थे।

त्यसअघि उनको 'डन्ट यु नो' बोलको गीत सार्वजनिक थियो।

'मलाई लाग्छ उसैले हो जमाइकाको 'स्का' गीतलाई अन्तर्राष्ट्रिय बनाएको', उनले जमाइका अब्जर्भरसँग भनेका छन्।

स्मलको चर्चासँग उनलाई विभिन्न देशहरुबाट टिभी एवं अन्य कार्यक्रमका लागि डाँकिएको सम्झन्छन् उनी। उनको पहिलो विदेश भ्रमण नर्वेका लागि थियो। त्यसपछि अफ्रिकाका विभिन्न ठाउँ, सिंगापुर, जमाइकामा थुप्रै कार्यक्रमहरु गरिन्। तर, उनको गायन यात्रा धेरै लामो भने रहेन। उनले सन् १९७० देखि गीत रेकर्ड गराउन छाडिन्। सिंगापुर गएर बसिन्। 

सन् १९८४ मा छोरी जाइली स्मललाई जन्म दिइन्। उनी पनि गीतकार एवं गायिका बनिन्। 

सन् २०१६ मा द एक्सप्रेससँगको अन्तर्वातामा स्मलले भनेकी छिन्,'मेरो जीवन मेरा लागि सामान्य रह्यो। १७ वर्षको उमेरमै चर्चा पाउनुले असर गरेन।' 

छोरीको जन्मसँगै उनले संगीतकर्म छाडेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell