PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित



पहिलोपोस्ट

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

काठमाडौं :  थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्साका १७ जनामा संक्रमण देखिएको जानकारी दिएका छन्।  संक्रमित मध्ये एक दुई महिने शिशु समेत रहेको मन्त्रालयले जानकारी दिएको छ।

वीरगंजबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा पर्सा जिल्लाका दुई महिनादेखि ६६ वर्षसम्मका व्यक्तिमा संक्रमण भेटिएको हो। संक्रमित हुनेहरुमा १० पुरुष र ७ महिला रहेको डा देवकोटाले जानकारी दिए। 

त्यस्तै यसअघि कोरोना संक्रमणबाट निको भएर फर्किएका तीन जनामा पनि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ। काठमाडौंको सनसिटीमा बस्दै आएका ५२ वर्षीय पुरुष र पर्साको नारायणी अस्पतालमा उपचारपछि फर्किएका दुई जनामा पनि पुन: संक्रमण देखिएको हो। उनीहरुलाई हाल अस्पताल ल्याइ थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell