PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजका १७ जना नयाँ संक्रमित यसअघि कोरोना देखिएका ३६ वर्षीय युवककै परिवारका



राधेश्याम पटेल

वीरगंजका १७ जना नयाँ संक्रमित यसअघि कोरोना देखिएका ३६ वर्षीय युवककै परिवारका

वीरगंज : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत वीरगंजमा २ महिने शिशुसहित १७ जना नयाँ कोरोना संक्रमित थपिएको खबर आएपछि वीरगंजमा कोराना त्रास अझै बढेको छ।

वीरगंज–३ छपकैयाकै एउटै परिवारको १० पुरुष र ७ महिलासहित १७ जना नयाँ संक्रमित भेटिएको हो। १७ जनामध्ये एउटा २ महिने शिशुमा पनि कोराना लागेको बताइएको छ।

कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले रिपोर्टको अवस्था गोप्य राखेको थियो। नियमित अपरान्ह ४ बजेको पत्रकार सम्मेलनमा वीरगंजको १७ जना नयाँ संक्रमितको बारेमा जानकारी गराउँदा उक्त वडा त्रसित बनेको वडावासी तथा पत्रकार शत्रुघन नेपाल बताउँछन्।

पटकपटक सिल लक गर्दै आइएको उक्त वडा अब फेरी सिल लक हुने निश्चित भएकोले समस्या बढ्ने वडावासीको भनाई छ।

को हुन् १७ जना?

यसअघि वीरगंज–३ छपकैयाका ३६ वर्षीय स्थानीय नेतामा कोरोना संक्रमण भएको थियो। बुधवार भेटिएको १७ जना नयाँ संक्रमित निजकै कन्ट्रयाक्ट ट्रयासिङको परिमाण भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी गराए। उनले भने, ‘नयाँ संक्रमितमध्ये केही केही बालवालिका पनि छन्, उनीहरुलाई अस्पताल ल्याइने तयारी भइरहेको बताए।’ यसअघि भेटिएका ३६ वर्षीय युवक वडा स्तरीय राहत वितरण गर्ने सर्वदलीय समितिका प्रतिनिधि पनि हुन्।

निजकै परिवारबाट नयाँ संक्रमितहरु भेटिएको पुष्टि भएको उनले बताए। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंजमा भेटिएका नयाँ संक्रमितहरुको घर पहिलेदेखि सिल लक गरिएकोले नआतिन आग्रह गरिन्। ‘३६ वर्षीय युवकको घरपरिवार वा उनको सन्सर्गमा आएका सबैलाई सिल लक गरी राखिएको छ,’ उनले भनिन्, ‘उनीहरुलाई छिटै अस्पताल ल्याउने प्रशासन लागेको छ, सबैलाई नआतिन तर संचेत बस्न पनि अपिल गर्छु।’

३६ वर्षीय युवक वडा नं ३ का वडा अध्यक्ष वैजु स्वर्णकारसँग तीन दिन राहत बाँड्न खटेको बताइएको छ। वडा नं ३ मा रहेको मालपोत कार्यालय पर्सा भन्दा ३ सय मिटर पश्चिममा रहेको वस्तीमा अझै कोरोनाको संक्रमण हुन सक्ने अशंका गरिएको छ। नारायणी अस्पतालमा १७ जना नयाँ संक्रमित भेटिएपछि पहिलेको ११ जना गरी २८ जना कोरोना सक्रमित उपचार गराउने छन्। जसध्ये भारतीय १ जना, पर्साका २१, बाराका २ जना, रौतहटका ३ र सर्लाहीका १ गरी कुल २८ जना संक्रमित आईसोलेसन वार्डमा राखेर उपचार गर्ने अस्पतालले जनाएको छ। जबकि अस्पतालमा २५ वटा मात्र आईसोलेसन वार्ड रहेको अस्पतालले जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell