PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विष्फोटक पदार्थ खेलाउने क्रममा पड्किँदा एक बालक घाइते



रासस

विष्फोटक पदार्थ खेलाउने क्रममा पड्किँदा एक बालक घाइते

कञ्चनपुर : खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुरको महाकाली नगरपालिका-६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका छन्। बुधवार महाकाली नदी किनारको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली घाइते भएका हुन्।

घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। विष्फोट भएको वस्तु पटाका बनाउन प्रयोग हुने लोएक्सप्लोसिभ पदार्थ रहेको उल्लेख गर्दै उपरीक्षक पौडेलले घातक विष्फोटक पदार्थ नभएको बताए।

‘विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने।

स्थानीय बासिन्दाका अनुसार जङ्गली बँदेल, माछालगायत मार्नका लागि शिकारीले विष्फोटक पदार्थ राखेको हुनसक्ने आशंका गरिएका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell