PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि नेकपा सचिवालय निष्कर्षविहीन, ओली र प्रचण्ड एक्लाएक्लै छलफलमा



पहिलोपोस्ट

प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि नेकपा सचिवालय निष्कर्षविहीन, ओली र प्रचण्ड एक्लाएक्लै छलफलमा

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक विनानिष्कर्ष टुंगिएको छ।

भोलिका लागि तय भएको स्थायी कमिटी बैठकका एजेण्डा टुंगो लगाउन आज अपराह्न बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बीचमै उठेर हिँडेपछि कुनै ठोस निष्कर्ष निस्किन सकेन।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री स्वास्थ्य अवस्थाका कारण पुरै समय बस्न नसकेको बताए। 'स्वास्थ्यमा समस्या आएको भन्दै प्रधानमन्त्री बैठकलाई जानकारी गराएर जानुभयो। स्थायी कमिटी बैठकको गृहकार्य नपुगेको भन्ने कुरा भयो,' प्रवक्ता श्रेष्ठले भने।

सचिवालय बैठक विना निष्कर्ष टुंगिएपछि अहिले प्रधानमन्त्री ओली र अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै छलफल भइरहेको छ। अध्यक्ष प्रचण्डले आज विहान पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell