
काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ।
राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन्। समाजको महासचिवमा अर्जुन बाराहाली निर्वाचित भएका छन् भने सचिवमा शम्भु सिलवाल चयन भएका छन्। कोषाध्यक्षमा बिजय गुरुङ र सह–कोषाध्यक्षमा विद्या आचार्य निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन्।
समाजले पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाललाई संरक्षकमा चयन गरेको छ। यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर अर्का आईसिसी सदस्य रविन अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाई.वी. गुरुङलाई चयन गरेको समाजले जनाएको छ।
विगत लामो समयदेखि साहित्यीक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुँदै अध्यक्ष निर्वाचित भएका हन्। अध्यक्ष स्पन्दनले गत बर्ष युरोपको अन्तिम बिन्दु पोर्चुगलको काबो दा रोकाबाट एकैपटक दुई वटा गजल संग्रह 'भिजाएर गयौं' र 'अविरल स्पन्दन' विमोचन गरेका थिए।