PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतबाट धान बोकेर आएको ट्रकमा श्रोत नखुलेको १८ लाख, २ जना भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

भारतबाट धान बोकेर आएको ट्रकमा श्रोत नखुलेको १८ लाख, २ जना भारतीय नागरिक पक्राउ

काठमाडौं : श्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारुसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। बुधवार साँझ सर्लाहीको मलंगवा नगरपालिका २ स्थित भन्सार चेकपोष्टबाट उनीहरु पक्राउ परेका हुन्।

धान लिएर भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकलाई जिल्ला सुरक्षा बेस सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले जाँच गर्ने क्रममा श्रोत नखुलेको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको प्रकृया अघि बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell