PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

साउथ स्टार महेश बाबु भन्छन् : 'फेक न्युज समाजका लागि ठूलो खतरा, निरुत्साहित गरौं'



पहिलोपोस्ट

साउथ स्टार महेश बाबु भन्छन् : 'फेक न्युज समाजका लागि ठूलो खतरा, निरुत्साहित गरौं'

साउथ इण्डियन फिल्म उद्योगका स्टार अभिनेता महेश बाबुले फेक न्युज समाजका लागि ठूलो खतरा भएको बताएका छन्।

कलाकर्मीले ट्वीटरमा चलाएको फेक न्युजविरुद्धको अभियान #KillFakeNews ह्यासट्यागको समर्थन गर्दै महेशबाबुले यस्ता समाचारलाई निरुत्साहित गर्न अपिल समेत गरेका छन्।

कोरोना महामारीको बेला भ्रामक समाचारहरु भाइरल भइरहेको छ। यस्ता समाचारले मानिसहरुको प्रतिष्ठा र गोपनियतामा असर गरिरहेको छ। नबोलेको कुरा खबरमा आइरहेको छ। नभएका गसिपहरु छापिएका छन्।

यस्तो प्रवृतिविरुद्ध फिल्मी हस्तीहरुले अभियान सुरु गरेका छन्। यो अभियानलाई महेश बाबुले समर्थन गरेका हुन्।

मानिसहरुलाई फेक न्युजविरुद्ध सचेत गराउन चलाइएको अभियानमा जोडिएका कलाकारले सत्य के हो नबुझेर कुनै पनि समाचार शेयर नगर्न आह्वान गरिरहेका छन्।

यस्तोमा महेश बाबुले ट्वीटरमार्फत फेक न्युज समाजका लागि ठूलो खतरा भएको उल्लेख गरेका छन्। यो अभियानको सारथी बन्न आह्वान गर्दै उनले फेक न्यूज जहाँ भेट्यो त्यहीँ आवाज उठाएर निरुत्साहित गर्न अपिल गरेका छन्।

फेक न्युजविरुद्धको यो अभियानमा थुप्रै साउथ कलाकार जोडिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell