PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

भोलिका लागि डाकिएको नेकपाको स्थायी समिति बैठक स्थगित, अर्को मिति दुई अध्यक्षले तय गर्ने



कुञ्जरमणि भट्टराई

भोलिका लागि डाकिएको नेकपाको स्थायी समिति बैठक स्थगित, अर्को मिति दुई अध्यक्षले तय गर्ने
फाइल फोटो

काठमाडौं : बिहीवारका लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ।

बैठकको एजेण्डा तय गर्न बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। सचिवालय बैठक विनानिष्कर्ष टुंगिएसँगै स्थायी कमिटि स्थगित भएको सचिवालय सदस्य एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक सुरु भएको १०-१५ मिनेटमै सन्चो नभएको भन्दै बैठक स्थलबाट निस्किएका थिए। त्यसपछि सचिवालय सदस्यहरुले स्थायी कमिटी बैठकबारे दुई अध्यक्षलाई छलफल गर्ने जिम्मा दिएका थिए।

दुई अध्यक्षबीच केही दिनमा स्थायी कमिटी बैठकको मिति तोक्ने निष्कर्षमा पुगेका छन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार १/२ दिनमा बैठकको तय गर्ने निष्कर्षमा दुई अध्यक्ष पुगेका हुन्।

सापकोटाले भने, 'एक-दुई दिनमा स्थायी कमिटीको मिति तोक्ने कुरा दुई अध्यक्षबीच भएको छ।'

बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली?

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सचिवालयको बैठकबाट केही बेरमै निस्कनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ। स्थायी कमिटिको एजेन्डा तय नहुँदा उनी बीचैमा निस्केको अड्कल काटे पनि नेकपाको विवाद नै प्रमुख कारण हुने आँकलन छ।

यद्यपि नेकपा वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री आफू थाकेको भन्दै बैठकबाट निस्किएका थिए।

बैठकबारे सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री खनालले भने, 'बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुदैँ थियो। प्रधानमन्त्रीले म थाकेँ। मलाई सञ्चो भएन। तपाइहरु छलफल गर्दै गर्नुस्। म आउँछु भनेर १०-१५ मिनेटमा निस्कनु भयो। हामी गफगाफ गरेर बस्यौं। उहाँ आउनुभएन्। दुई अध्यक्ष बसेर सूचना दिनुस भनेर निस्कियौं।'

नेकपामा उत्पन्न विविध समस्या उठान गर्नका लागि स्थायी कमिटी बोलाउने तयारी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell