PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्रीद्वारा भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह



रासस

प्रधानमन्त्रीद्वारा भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।

उनका प्रेस सल्लाहकारका सूर्य थापाका अनुसार प्रम ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा भोलि साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको शीघ्र स्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell