PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आज २५६४ औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा



पहिलोपोस्ट

आज २५६४ औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौं : वैशाख शुक्ल पूर्णिमाका दिन बिहीवार देशभर २५६४ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ती र महापरिनिर्वाण पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।

सरकारले लकडाउन घोषणा गरेको कारण यसपटक भने अन्य समयको झैं चैत्य, गुम्बा लगायतमा धर्मलम्बीहरुको भिड देखिँदैन।

जयन्ती परेकाले सरकारले आज बिदा दिएको छ। बुधवार गृहमन्त्रालयले सुचना जारी गर्दै सार्वजनिक विदा भएको जानकारी दिएको थियो।

सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको कारण धेरै सरकारी तथा निजी कार्यालयहरु बन्द छन्। तर बैंकहरु भने आंशिक रुपमा संचालनमा आएका छन्। आज ती सबै बन्द हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell