PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

लकडाउनबीच अमिताभ बच्‍चनले घरमै गरे 'कौन बनेगा करोडपति'को प्रोमो छायाँकन



पहिलोपोस्ट

लकडाउनबीच अमिताभ बच्‍चनले घरमै गरे 'कौन बनेगा करोडपति'को प्रोमो छायाँकन

भारतमा जारी लकडाउनबीच भारतीय टिभी रियालिटी शो 'कौन बनेगा करोडपति'को छायाँकन भएको छ। कार्यक्रम प्रस्तोता रहेका बलिउड अभिनेता अमिताभ बच्चनले यस विषयमा जानकारी दिएका हुन्। उनले एक ब्लग लेखेर छायाँकन थाल्नुको कारणहरु प्रष्ट्याएका छन्।

आफूलाई सामाजिक दूरी कायम नगरेको आरोप लागेपनि आफूले आवश्यक सुरक्षा प्रणाली अपनाएका जनाएका छन्।

'हो मैले काम थालें यसमा कसैलाई समस्या छ भने कृपया आफैसँग राख्नु होला। किनकि हामीले त सुरक्षा अपनाएका छौं। दुई दिन लामो हुनसक्ने काम एकै दिनमा सकेका छौं', उनले ब्लगमा लेखेका छन्।

कार्यक्रमको १२ औं संस्करणका लागि आवेदन खुला गरिएको बारे जानकारी दिने प्रोमो साथै अन्य सामाजिक सन्देश प्रवाह गर्ने भिडियो खिचिएको हो। बच्चनकै घरमा भएको छायाँकनको निर्देशन नितेश तिवारीले गरेका हुन्।

हिन्दुस्तान टाइम्सले जनाए अनुसार 'कौन बनेगा करोडपति'का लागि १० देखि १२ भिडियो खिच्ने र अडियो रेकर्डिङको काम सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell