
काठमाडौं : आज लकडाउनको ४५ औँ दिन। सरकारले घोषणा गरेको लकडाउनको कारण उपत्यकाभित्रका सडक सुनसान छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्त सहित केही संघसस्था तथा व्यवसायहरु खोल्न छुट दिएको छ।
तर अनावश्यकरुपमा सडकमा निस्किने मानिसलाई भने प्रहरीले कारबाही गरिरहेको छ। बिहीवार बिहान पनि काठमाडौं उपत्यकाभित्र १३ सय १६ जना मानिस कारबाहीमा परे। कारबाहीमा पर्नेमा ४ सय १५ जना महिला समेत थिए। उनीहरुलाई केही सडकमा उभ्याएर घर फर्काइएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै लकडाउनको समयमा सवारी पास नलिइ चलाएका सवारी समेत नियन्त्रणमा लिएको छ। २ सय ८१ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उपत्यका भित्र छिर्ने नाका थप कडाइ गरेको छ। सवारी पास भएका केही सवारी साधनलाई समेत नाकाबाट फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ।