PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बढ्दो मृत्युदरबीच लकडाउन खुकुलो पार्दै बेलायत, कोरोनालाई जितेर फर्किएका प्रधानमन्त्री बनाउँदै छन् आवश्यक 'रोड म्याप'



पहिलोपोस्ट

बढ्दो मृत्युदरबीच लकडाउन खुकुलो पार्दै बेलायत, कोरोनालाई जितेर फर्किएका प्रधानमन्त्री बनाउँदै छन् आवश्यक 'रोड म्याप'
Photo : Mylondon.com

बेलायती प्रधानमान्त्री बोरिस जोनसन कोरोना संक्रमण मुक्त भएर काममा फर्किएपछि पहिलो पटक संसदमा बोलेका छन्। उनले बुधबार लकडाउन खुकुलो बनाउने योजना बनेको बताएका हुन्। आउँदो आइतबार योजना अनुरुप 'रोड म्याप'सहित प्रस्तुत हुने जानकारी समेत दिएको माइ लण्डनले जनाएको छ।

उनका अनुसार देनिक उपभोग्य वस्तुका खुद्रा पसल सुरुमा खुल्ने र पब तथा रेस्टुरेन्टहरु अन्तिममा खुल्ने सम्भावना धेरै छ। भनेका थिए,'समग्रमा यत्ति हो कि हामीले यस रोग रोकथामका लागि पनि काम गर्नु छ र अर्थतन्त्रलाई पनि बिर्सनु हुँदैन।'

यसै साता बेलायतमा ३० हजार १ सय ५० कोरोना संक्रमितको मृत्यु भइसकेको छ। उक्त संख्या इटालीको भन्दा बढी हो। त्यस्तै संक्रमितको संख्या भने २ लाख २ हजार तीन सय ५९ पुगेको छ।

प्रधानमन्त्रीले भने,'हाम्रोमा संक्रमितको संख्या भयावह छ। अनि हरेक व्यक्तिको मृत्यु त्रासदिपूर्ण छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell