PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सांसदको कोरोना परीक्षण हुँदै

सांसदको कोरोना परीक्षण हुँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसदहरुको कोरोना संक्रमण परीक्षण गर्न सुरु भएको छ।

आज बिहान १० बजेदेखि सांसदहरुको पीसीआर प्रविधिबाट परीक्षण गरिदैंछ। त्यसको लागि आज बिहान उनीहरुको स्वाव संकलन गरिएको हो।

सरकारले भोलिको लागि वर्षे अधिवेशन बोलाएको छ। त्यसैले जिल्ला बाहिर गएका सांसदहरुको कोरोना संक्रमण हुन सक्ने आशंकामा परीक्षण गरिएको हो। त्यस्तै व्यवस्थापिका संसदमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको परीक्षण गरिन लागेको हो।

आज बिहानै परीक्षणका लागि सासंद तथा मन्त्रीहरु बानेश्वरस्थित संसद भवन पुगेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell