PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

खाडीमा कोरोना कहर : बहराइनमा मात्र २४५ नेपाली संक्रमित



पहिलोपोस्ट

खाडीमा कोरोना कहर : बहराइनमा मात्र २४५ नेपाली संक्रमित

काठमाडौं : नेपालीहरुको श्रम बजारका रुपमा रहेको खाडी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। पछिल्लो समय बहराइनमा संक्रमित नेपालीहरुको संख्या दुई सय ४५ पुगेको छ।

मानामास्थित नेपाली दूतावासका अनुसार मे ५ सम्म बहराइनमा संक्रमित हुने नेपालीको संख्या दुई सय ४५ पुगेको हो।

संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गर्दा दूतावासले नेपालीहरुको समस्या समाधान गर्न भन्दै नेपालीहरुको तथ्यांक संकलन थालेको छ। दूतावासले अनलाइन मार्फत् नेपालीहरुको तथ्यांक संकलन गर्न थालेको हो।

दूतावासले सूचना प्रकाशित गर्दै त्यहाँ रहेका नेपालीहरुलाई अनलाइ मार्फत फारम भर्न अनुरोध गरेको छ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै जाँदा खाडी मुलुकहरुमा रहेका नेपालीहरुले लाई स्वदेश फिर्ताको लागि माग गर्न थालेका छन्।

साउदी अरबस्थित नेपाली दूतावासलेअलपत्र परेका नेपाली तथा रोजगारी गुमाएका, करार अवधि सकिएका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकराले गृहकार्य गरिरहेको भन्दै नेपालीहरुलाई दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

'माहामारीको यो घडी सबै मुलुकहरुका लागि सामान्य अवस्था भन्दा नितान्त फरक भएको हुँदा धनी, गरीब र मध्यम स्तरका मुलुकहरु सबैले होसियारी, सावधानी र जिम्मेवारीकासाथ विदेशमा अफ्ठ्यारोमा परेका आफ्ना नागरिकहरुको उद्दारका योजना बनाई क्रमशः कार्यान्वयनमा ल्याउँदैछन् र नेपाल सरकारले पनि सोही बमोजिम गरिरहेको छ,' दूतावासले जारी गरेको सूचनामा भनिएको छ, 'पछिल्ला दिनहरुमा राजदूतावासमा आउने फोनहरुमा धेरैजनाको जिज्ञासा उडान कहिले खुल्छ भन्नेमा रहेको पाइएको छ। नेपाल सरकारले उद्दार उडानहरु संचालनमा ल्याउने सम्बन्धमा गर्ने निर्णयलाई नेपाली राजदूतावासले सामयिकरुपमा जानकारी गराउने छ।'

दूतावासले नेपाली नागरिकहरुले उद्दार, स्वदेश फिर्ती लगायतका विषयमा टिपाएको विवरण राजदूतावासले कम्प्यटर प्रणालीमा राखी प्रथामिकताको आधारमा वर्गीकरण गर्नेसमेत जनाएको छ। 'समस्यामा परेकाहरुले जतिसक्दो धेरै संख्यामा टेलिफोन गरी विवरण संकलनमा सहयोग गरिदिनुहुन पुनः अनुरोध छ, 'दूतावासले भनेको छ।

बिहीवारसम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३१, हजार नौ सय ३८ पुगेको छ। बिहीवार मात्र त्यहाँ एक हजार छ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो।

यद्यपि, दूतावासले भने कोरोना भाइरसको संक्रमण कति नेपालीमा पुष्टि भएको भन्ने जानकारी गराएको छैन।

त्यस्तै, कुवेतस्थित नेपाली दूतावासले पनि तथ्यांक संकलन सुरु गरेको छ। आइतवार सम्म कुवेतमा ८४ जना नेपालीमा संक्रमण देखिएको छ।

कुवेतले पनि त्यहाँ रहेका नेपालीहरुको तथ्यांक अनलाइनबाट सञ्चालन गरिरहेको छ।

त्यस्तै युएईस्थित नेपाली दूतावासले २८ अप्रिलबाट नेपालीहरुको तथ्यांक सञ्चालन गर्न थालेको छ।

अनलाइनबाट थालिएको तथ्यांक संकलनमा १० हजार बढी नेपालीले आवेदन भरिसकेको दूतावासले जनाएको छ।

दूतावासले नेपाल फर्कन चाहने नेपालीहरुको हकमा नेपाल सरकारले निर्णय गरेअनुरुप हुने भन्दै यस विषयमा आवश्यक निर्णय भएपश्चात जानकारी गराइने जनाएको छ। युएईमा एक सय बढी नेपाली संक्रमित भइसकेको र पाँच जनाको मृत्यु भएको छ।

इजरायल स्थित नेपाली दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताका लागि अनलाइनबाटै आवेदन खुलाएको छ। यहाँ चार सय बढी नेपालीले नेपाल फर्किनका लागि आवेदन दिइसकेका छन् भने दुबै देशमा करिब पाँच हजार जनाले अनलाइन मार्फत आफ्नो अवस्थाको बारेमा दूतावासलाई जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell