PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री ओलीको बुद्ध जयन्ती बालुवाटारमै, राष्ट्रपति भण्डारी चाहिँ पुगिन् स्वयम्भू

प्रधानमन्त्री ओलीको बुद्ध जयन्ती बालुवाटारमै, राष्ट्रपति भण्डारी चाहिँ पुगिन् स्वयम्भू

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुद्ध जयन्ती मनाएका छन्। बालुवाटारमा रहेको बुद्धको प्रतीमामा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले पुष्प अर्पण गरेका हुन्।

उनीहरुले मुर्तिसामु फलफूल चढाए भने दीप प्रज्वलनसमेत गरेको प्रधानमन्त्री सचिवालयले जारी गरेको फोटोमा देखिन्छ।

यता राष्ट्रपति विद्यादेवी भण्डारी भने बुद्ध जयन्तीका अवसरमा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल स्वयम्भू पुगेकी छिन्। सुरक्षाकर्मीसहित उनी स्वयम्भू पुगेर पूजा गरेको हाम्रा सहकर्मी रोजन श्रेष्ठले जानकारी दिएका छन्।

लकडाउनका कारण आज बौद्ध धर्मावलम्बीहरुले महत्वपूर्ण चाड घरमै बसेर मनाइरहेका छन्। बौद्धमार्गीका तीर्थस्थलहरु सुनसान छन्।



ट्रेन्डिङ पोस्ट

Ncell