PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सिडेनका इन्जिनियरले निर्माण गरे कोरोना ‘टेस्ट बुथ’, सिमराको भाइरस विशेष अस्पताललाई हस्तान्तरण



पहिलोपोस्ट

सिडेनका इन्जिनियरले निर्माण गरे कोरोना ‘टेस्ट बुथ’, सिमराको भाइरस विशेष अस्पताललाई हस्तान्तरण

काठमाडौं: स्वाब संकलन गरी कोरोना परीक्षण सहज र सुरक्षित बनाउन सिडेन बागमती प्रदेशका इन्जिनियरहरूले ‘टेस्ट बुथ’ निर्माण गरेका छन्।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशले इन्जिनियरहरू अनिल बानियाँ, प्रह्लाद उप्रेती, चन्दन नेपाल र विक्रम खतिवडाको प्रत्यक्ष संलग्नतामा टेस्ट बुथ बनाएको हो।

जीतपुर सिमरा उपमहानगरपालिकाको अनुरोधमा सिडेन बागमती प्रदेशले उक्त बुथ आजै कोरोना भाइरस विशेष अस्थायी अस्पताल वडा नम्बर २ सिमरालाई हस्तान्तरण गरेको छ।

‘यो बुथ पनि पीपीई सरह नै भएको र यसको प्रयोगले पिपीईको प्रयोग घटाउन सहयोग गर्ने र स्वास्थ्यकर्मीलाई सुरक्षित महसुस गर्न सहयोगी हुने भएकोले बुथ बनाएका हौं,’ सिडेन बागमती प्रदेशका सचिव समेत रहेका इन्जिनियर खतिवडाले भने। उनका अनुसार यो बुथ दक्षिण कोरियाको प्रविधिलाई नेपालमा उपलब्ध सामग्री अनुसार बनाइएको हो।

इन्जिनियर अनिल बाँनियाका अनुसार बुथभित्र पोजेटिभ एयर प्रेसर मेन्टेन गरिएकाले बुथ पूर्णरूपमा वैज्ञानिक छ भने बुथ एयर टाइट बनाइएको छ।

जीतपुर सिमरा उपमहानगरपालिकाका इन्जिनियर अभय कान्त झाले बुथको गुणस्तर राम्रो भएको बताए। सहयोगका लागि सिडेनलाई धन्यवाद दिए।

उक्त बुथले कोरोना संक्रमितको पहिचान गर्न चाहिने स्वाब निकाल्न सहयोग पुग्ने कोरोना भाइरस विशेष अस्थायी अस्पताल, जीतपुर सिमराका चिकित्सक डा. अन्नुष झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell