PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेकपाभित्रको किचलो : फेरि नेता नेपाल र अध्यक्ष दाहाल निकट स्थायी समिति सदस्यको धुम्बाराहीमा छुट्टै भेला



प्रकाश भण्डारी

नेकपाभित्रको किचलो : फेरि नेता नेपाल र अध्यक्ष दाहाल निकट स्थायी समिति सदस्यको धुम्बाराहीमा छुट्टै भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएपछि वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निकट स्थायी समिति सदस्यहरू पार्टी कार्यालयमा छुटै भेला गरेका छन्।

अबको रणनीति कस्तो हुने भन्ने विषयमा भेला भएको सहभागी एक स्थायी समिति सदस्यले बताए।' प्रधानमन्त्री केपी ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि थप रणनीति बनाउन उपस्थित भएका हौँ। रणनीतिक विषयमा छलफल हुन्छ।' उनले भने। भेलामा २० स्थायी समिति सदस्य पुगेका छन्।

भेलामा फेरी बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई कसरी दबाब दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सहभागी एक नेताले बताए।

बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री बिचमै उठेर गएपछि नेकपाभित्रको विवाद फेरी सतहमा आएको छ। बुधवारको सचिवालय बैठकमा नेताहरूबिच सहमति नभएपछि बिहीबारका लागि बोलाइएको स्थायी समिति बैठक अनिश्चित बनेको छ।

नेता माधवकुमार नेपाल र अध्यक्ष प्रचण्ड निकट नेताहरूले ओलीले बैठक नबोलाई नीति तथा कार्यक्रम ल्याए अस्वीकार गर्ने चेतावनी दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell