PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भर्चुअल लघुकथा गोष्ठी: २३ कथा वाचन



पहिलोपोस्ट

भर्चुअल लघुकथा गोष्ठी: २३ कथा वाचन

काठमाडौं: लघुकथा कुनोको आयोजनामा बुधवार अपरान्ह भर्चुअल लघुकथा गोष्ठी सम्पन्न भयो। यस्तो गोष्ठी नेपालीमा सम्भवतः पहिलो हो। कुनोका संस्थापक नारायण तिवारीको अध्यक्षता तथा यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो गोष्ठीमा २३ लघुकथा वाचन भए भने वाचित लघुकथाउपर ज्योति पाण्डे खड्का, डा. भरतकुमार भट्टराई तथा प्रा.डा. कपिल लामिछानेबाट समीक्षा भएको हो। कार्यक्रमको सञ्चालन प्रा विधान आचार्यबाट भयो।

यस भर्चुअल लघुकथा गोष्ठीमा निशा केसी, कुमुद शर्मा प्याकुरेल, हेमलता उप्रेती, विनोद नेपाल, राजन सिलवाल, धनराज गिरी, लक्ष्मी पौडेल, रचना शर्मा, गङ्गा आचार्य, दीपक लोहनी, देवराज पौडेल, टीकाराम रेग्मी, हरिप्रसाद भण्डारी, कल्याण पन्त, मन्दिरा मधुश्री, अवतार ढकाल, डा. भरतकुमार भट्टराई, डा. कपिल लामिछाने, पुष्पा खनाल, खेमराज पोखरेल, नारायण तिवारी, विधान आचार्य, यादव खरेलले आ-आफ्ना लघुकथा वाचन गरे।

धर्म राजकर्णिकार, लक्ष्मी पोखरेल, जीवन कंसाकार, राजन कार्की र ज्योति पाण्डे खड्काले आजको भर्चुअल लघुकथा गोष्ठीमा सहभागी भएर पनि लघुकथा वाचन लघुतम आख्यान भएको बताए। 'थोरैमा जे पायो त्यहीँ लेख्न त सजिलो होला, तर त्यहीँ विषयको उठान, विस्तार र समापन भई संरचनागत पूर्णता हुने हुनाले लघुकथा लेखन एउटा गम्भीर र चुनौतीपूर्ण कार्य हो। यसको अन्त झनै आकर्षक हुनु आवश्यक देखिन्छ,' उनीहरुले भने।

यस भर्चुअल लघुकथा गोष्ठीमा वाचन गरिएका अधिकांश लघुकथा यसअघि सोही कुनोमा पोस्ट भएका हुन् भने उक्त सैद्धान्तिक आलोकमा खरो देखिन्छन्। अधिकांश लघुकथाले समकालीन युगजीवनका जीवन्त र सटिक यथार्थलाई उठाएका छन्। कतै कोरोनाको कहर त कतै पारिवारिक असमझदारी भेटिन्छ। समग्रमा युगजीवनका विकृति र विसङ्गतिको चित्रण नै आजका लघुकथाको उद्देश्य देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell