PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

मुनी बिहारमा विश्व शान्तिको कामना

मुनी बिहारमा विश्व शान्तिको कामना

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : बुद्धजयन्तीको अवसरमा विश्व शान्तिको कामना गर्दै आज भक्तपुरको इनाचोस्थित मुनी बिहारमा प्रार्थना गरिएको छ।

कोरोना भाइरसको संक्रमणका लागि भन्दै गरिएको लकडाउनका कारण पहिला वर्ष झै यसपटक भव्य कार्यक्रमहरु भएनन्। सिमित संख्यामा उपस्थित भएका भिक्षु भिक्षुणीहरुले बुद्धका सन्देशहरु पाठ गरेका थिए।

उक्त अवसरमा कोरोना भाइरसको नियन्त्रण र संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell