PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बलिउड फिल्म 'कामयाब' हेरेपछि पाउलो कोएल्होले दिए यस्तो प्रतिक्रिया



पहिलोपोस्ट

बलिउड फिल्म 'कामयाब' हेरेपछि पाउलो कोएल्होले दिए यस्तो प्रतिक्रिया

चर्चित लेखक पाउलो कोएल्होले बलिउड स्टार शाहरुख खानलाई फिल्म 'कामयाब' निर्माणका लागि धन्यवाद दिएका थिए। लगत्तै पाउलोले फिल्मका कलाकार सञ्जय मिश्रको पनि तारिफ गरेका छन्। उनले ट्वीटरमार्फत् सञ्जय कामको प्रशंसा गरेका हुन्।

लेखेका छन् : 'उत्कृष्ट प्रस्तुतिका लागि बधाई छ सञ्जय मिश्र। म रोएँ।' 

हार्दिक मेहेता निर्देशित 'कामयाब'मा सञ्जय मुख्य पात्र हुन्। उनकै अभिनय यात्राको कथा देखाइएको छ। फिल्ममा उनी बलिउडमा साना भूमिका निभाउने कलाकारका रुपमा प्रस्तुत भएका छन् जो ५ सय फिल्ममा अभिनय गरेको रेकर्ड राख्न फिल्मको खोजीमा हुन्छन्।

सोही भूमिकाका लागि उनले पाउलो कोएल्होको प्रशंसा पाएका हुन्।

जवाफमा उनले खुशी व्यक्त गर्दै लेखेका छन्,'यदी अहिले मेरो बुबा जिउँदो हुनुहुन्थ्यो भने तपाईंले मेरा लागि लेख्नु भएको यी शब्द पढेर धेरै खुशी हुनुहुन्थ्यो। मैले मेरी आमालाई, निर्देशकलाई, फिल्म युनिटलाई सुनाएँ। उहाँहरुले गर्विलो महसुस गर्नु भएको छ।'

फिल्ममा सञ्जयसँगै दीपक डोब्रियाल पनि मुख्य भूमिकामा छन्। अन्य कलाकारहरु इशा तलवार, नसिर खान, सारिका सिंह लगायतको पनि अभिनय देख्न सकिन्छ।

गत अक्टोबरमा बुसान फिल्म फेस्टिभलमा देखाइएको फिल्‍म गत मार्च ६ देखि सार्वजनिक भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell