PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक हजार ४५१ जनाको परीक्षण, थपिएनन् संक्रमित



पहिलोपोस्ट

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा एक हजार ४५१ जनाको परीक्षण, थपिएनन् संक्रमित

काठमाडौं : नेपालमा बिहीवारसम्म १४ हजार ५ सय ९ जनाको पिसिआरमार्फत कोरोना परीक्षण भएको छ। ५४ हजार ९३ जनाको आरडिटीमार्फत परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार एक हजार ४ सय ५१ जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको थियो। नेपालभरका क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेको उनले बताए। त्यस्तै, १ सय ३३ जना आइसोलेसन रहेका छन्। त्यसमध्ये काठमाडौं उपत्यकामा ३ जना जना आइसोलेसनमा छन्।

३३ हजार ५ सय २२ जनाले स्वमूल्याङ्कनका लागि आवेदन दर्ता गरेका छन्। हालसम्म १ सय ३५ जना रेड जोनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको संख्या नेपालमा ९९ पुगेको छ भने २२ जना निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell