PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लकडाउनमा पानीको जोहो, जडिबुटीमा देखियो यस्तो दृश्य  

लकडाउनमा पानीको जोहो, जडिबुटीमा देखियो यस्तो दृश्य  

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोटेश्वरमा कोठा भाडामा लिएर बसेकी छिन् मनिषा लामिछाने। लकडाउनका कारण उनको दैनिकी कोठाभित्र नै बित्ने गरेको छ। तर दिन बिराएर उनी कोटेश्वरबाट हिँड्दै जडिबुटी पुग्छिन्। जार र जर्किन बोकेर पानी जोहो गर्न हिँड्छिन्। उनीसँगै टोलवासी पनि पानी भर्न जडिबुटी पुग्ने गरेका छन्। 

जडिबुटीमा अहिले हरेक दिन पानी भर्न आउनेहरुको लाइन लाग्ने गरेको छ। एउटा पाइपबाट केयुकेएलले खानेपानी वितरण गरेको छ। मनिषा झैं अरु पनि बिहानैदेखि भाडा लाइनमा राखेर पालो कुर्ने गर्छन् पानीका लागि।

घरमा बिरैले आउँछ पानी। त्यो पानी कोठामा बस्नेहरु सबैलाई पुग्दैन। त्यसैले पानी पिउन भने जार किन्ने गरेकी थिइन् पहिला उनले। तर लकडाउन यता पानीको समस्या बढ्दै गयो। जारको पानी एक दिन पनि टिकेन। दिनदिनै जार किन्ने अवस्था पनि रहेन।  

'पहिला जारको किनेर खान्थ्यौ। अहिले जारको किनेर मात्रै खान सक्ने अवस्था छैन। कमाउने बाटो बन्द भइसक्यो। हरेक दिन नयाँ जार किन्न सकिँदैन। त्यसैले पानीको जोहो गर्न हरेक दिन आउने गर्छु।'

लामिछाने जस्तै कोठामा बस्नेहरु यसरी नै पानी लिन टाढाटाढा पुग्ने गरेका छन्।

नरेंफाटबाट आएकी रोशनी रिमाल भन्छिन्, 'पानी त पहिलादेखिकै समस्या हो। तर अहिले त जारको पानी पनि पाइदैन। एक जनाले नै चार पाँचवटा जारका लिएर आउँछन्। सबैले पिउनकै लागि यो पानीको प्रयोग गर्ने गरेका छन्। एकपटक लग्यो भने दुईचार दिनलाई पुग्छ। अनि फेरि लिन आउँछौं।'

कोरोना भाइरसको संक्रमण फैलिरहेसँगै सरकारले लकडाउनको बढाएको छ थपेको छ। यसबीच कोठा भाडामा बस्नेहरुलाई धेरै समस्या परेको बताउँछन्।

'लकडाउन थपिदै गए पानीको समस्या झनै बढ्नेछ। त्यसैले पानीको सहज व्यवस्था गर्ने तर्फ पनि ध्यान दिनुपर्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell