PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

अत्यधिक मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना, कार चालक घाइते



पहिलोपोस्ट

अत्यधिक मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना, कार चालक घाइते
फोटो : महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाडौं : गौशालामा एम्बुलेन्सले एक निजी कारलाई ठक्कर दिँदा कारका चालक घाइते भएका छन्। मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो।

दुर्घटनामा निजी कार चालक काठमाडौं गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ सामान्य घाइते भएका छन्। दुर्घटनामा दुवै सवारी साधनमा क्षति भएको तर कुनै मानवीय क्षति भने नभएको महानगरीय ट्राफिक प्रहरी वृत्त गौशालाले जनाएको छ।

एम्बुलेन्स चालक मोरङ पथरी नगरपालिका बस्ने बर्ष ३६ का राम बहादुर चौधरीले अत्यधिक मादक पदार्थ सेवन गरी सवारी चलाएको तथा उनको साथमा लाइसेन्स पनि नभएको प्रहरीले बताएको छ। दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell