PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

के फुटको संघारमा छ नेकपा? प्रवक्ता श्रेष्ठ भन्छन्, 'नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔँ'



पहिलोपोस्ट

के फुटको संघारमा छ नेकपा? प्रवक्ता श्रेष्ठ भन्छन्, 'नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔँ'
फाइल फोटो

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई फुटबाट बचाउन अपिल गरेका छन्। बिहीबार साँझ चरणबद्ध ट्वीट गर्दै श्रेष्ठले निजी स्वार्थ त्याग्न आग्रह पनि गरेका छन्।

उनले भनेका छन्, 'नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔँ, एकता र रुपान्तरणको पक्षमा उभिऔँ। आ–आफ्नो ठाउँबाट भूमिका खेलौँ, योगदान गरौँ।'

उनले थपेका छन्, 'पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन्। निजी स्वार्थ त्यागौँ, यो काम पूरा गरौँ।'

श्रेष्ठले पार्टी बचाउन नेपाली कांग्रेसका नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी त्या गरेको स्मरण गराउँदै नेकपा बचाउन जे पनि गर्न तयार हुनुपर्ने ट्वीटमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, 'गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो। त्यो कदम ठिक थियो कि थिएन, बहस होला। तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell