PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्री ओलीले गरे दीप प्रज्वलन



रासस

विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्री ओलीले गरे दीप प्रज्वलन
फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन्।

प्रधानमन्त्री ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्वलन गरेका हुन्। प्रधानमन्त्री ओलीले बिहीवार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए।

उनले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्ज्वलन गरेका छन्। देशभर आज साँझ ७ः०० बजे नै विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell