PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भारत जान लागेकालाई रोक्न खोज्दा सीमामा खटिएका प्रहरीमाथि आक्रमण



पहिलोपोस्ट

भारत जान लागेकालाई रोक्न खोज्दा सीमामा खटिएका प्रहरीमाथि आक्रमण

धम्बोझी : बर्दियामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ।

गुलरिया-१० रत्नापुर नजिकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुगेका थिए। उनीहरूले चौधरीको बर्दीसमेत च्यातिदिएका छन्। कुटपिट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका वीरेन्द्र मल्लाह, रामचन्द्र मल्लाह, राजकुमार मल्लाह र इन्द्र मल्लाह रहेको सशस्त्र प्रहरी निरीक्षक चौधरीले जानकारी दिए। सामान्य विवाद भएको भन्दै पक्राउ परेकाहरुलाई वडाध्यक्ष वीरेन्द्र चौधरीले पछि बुझाउने कागज गरी छुटाएको प्रहरीले जनाएको छ। भारतबाट सामान खरिद गरी नेपाल भित्र्याउने उद्देश्यले उनीहरू सीमावर्ती बजार जान लागेका कारण प्रहरीले रोक्न खोज्दा कुटपिट भएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell