PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

आपूर्ति विभागले बढी मूल्यमा सामान बिक्री गर्ने पसललाई गर्‍यो कारबाही



रासस

आपूर्ति विभागले बढी मूल्यमा सामान बिक्री गर्ने पसललाई गर्‍यो कारबाही
फोटो : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग।

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दोहोरो बिल जारी गरेवापत बिहीवार दुई बिक्रेतालाई कारबाही गरेको छ। विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि कारबाही स्वरुप जरिवाना गरिएको जनाइएको छ।

माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई तीन/तीन लाख रुपैयाँका दरले जरिबाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिबाना गरिएको हो।

दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै आज नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेबल नराखी मासु बिक्री गरेको भन्दै तीन दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell