PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एम्बुलेन्स दुर्घटना : चालकले मदिरा खाए, हेल्परले हात 'सफा गर्न' भन्दै नशाको तालमा चलाए



पहिलोपोस्ट

एम्बुलेन्स दुर्घटना : चालकले मदिरा खाए, हेल्परले हात 'सफा गर्न' भन्दै नशाको तालमा चलाए

काठमाडौं : बिहीवार गौशालामा एक एम्बुलेन्सले निजी कारलाई ठक्कर दिँदा कारका चालक घाइते भएका छन्। मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो।

दुर्घटनामा निजी कार चालक काठमाडौं गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठ सामान्य घाइते भए। दुर्घटनामा दुवै सवारी साधनमा क्षति भए पनि मानवीय क्षति भने भएन।

एम्बुलेन्स चालक मोरङ पथरी नगरपालिका बस्ने बर्ष ३६ का रामबहादुर चौधरीले अत्यधिक मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटियो।

'चालकले मदिरा सेवन गरेर एम्बुलेन्स चलाएको पाइयो,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

शाक्य समाज काठमाडौंद्वारा संचालिक एम्बुलेन्सका चालकले मदिरामात्र खाएर सवारी चलाएका थिएनन्। प्रहरीले चेक गर्दा उनको साथमा सवारी चालक अनुमतिपत्र समेत भेटिएन। एम्बुलेन्स जस्तो अत्यावश्यक सवारी कसरी अनुमतिपत्र नै नभइ चलाउन पाएन त? प्रहरीको अनुसन्धानमा उनी एम्बुलेन्सको नियमित चालक नभएको पाइएको एसएसपी ढकालले बताए।

'एम्बुलेन्स चालक भनिएको व्यक्ति नियमित चालक होइन। पहिलेको चालकले मदिरा खाएर साथीलाई चलाउन दिएको पाइयो। उसले पनि मदिरा खाएको थियो,' एसएसपी ढकालले भने।

एम्बुलेन्स चालक बोलबहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell