PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

काठमाडौंमा रहेका खोटाङका विद्यार्थी र मजदूरलाई राहत



पहिलोपोस्ट

काठमाडौंमा रहेका खोटाङका विद्यार्थी र मजदूरलाई राहत
तस्विर : सुनील पुरी

काठमाडौं : बिहीवार खोटाङबाट काठमाडौं आइ अध्ययनरत् विद्यार्थी र ज्याला मजदूरी गर्नेहरुलाई राहत वितरण गरिएको छ। मातृभूमी बाकाचोल सेवा समाज र हेल्पिङ एजुकेसन फाउन्डेसनको संयुक्त पहलमा खोटाङका १ सय २० लकडाउन प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको हो।

पूर्व मन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का सांसद उषाकला राईको उपस्थिति बीच रासन एवं अन्य दैनिक उपभोग्य वस्तु दिइएको हो। खोटाङका विभिन्न गाउँमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आएका हेल्पिङ एजुकेसन फाउन्डेसनका अध्यक्ष रामकुमार तामाङ र मातृभूमी बाकाचोल सेवा समाजका अध्यक्ष टीकाराम पुरीले आवश्यक पीडित पहिचान गरी सामाग्री उपलब्ध गराएका हुन्।

'घर फर्कन बञ्चित र यत पनि चुल्हो बल्नै अप्ठ्यारो परेकाहरुलाई खोजेर राहत दिएका हौं। विपद् त नटर्ला तर भोकै बस्न नपरोस् भन्ने आशय हो', टीकाराम पुरीले भने।

काठमाडौं महानगरपालिका ६ स्थित नाराणहिटी तमाङ सेवा केन्द्रबाट सामान खाद्यान्न हस्तान्तरण गरिएको थियो।

'विश्व विपद्को घडीमा आ-आफ्नो ठाउँबाट आवश्यक परेकालाई सहयोग पुर्‍याउन सकिन्छ। सहयोग सानो ठूलो हुँदैन भन्ने सन्देश प्रवाहका लागि पनि यो अभियान थालेका हौं', पुरीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell