PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

लकडाउनको ४६ औं दिनः १४ सय ३ जना सडकमै समातिए



पहिलोपोस्ट

लकडाउनको ४६ औं दिनः १४ सय ३ जना सडकमै समातिए

काठमाडौं :  सरकारले शर्त सहित केही व्यवसाय संचालन गर्न दिने भएपछि काठमाडौं उपत्यकाभित्र आज केही चहलपहल देखिएको छ। तर सरकारको सुचना प्रष्ट नहँदा सडकमा निस्किएका मानिसलाई प्रहरीले कारबाही गरेको छ।

लकडाउन भएको ४६ दिनदेखि निरन्तररुपमा सडकमा अनाबश्यकरुपमा हिंड्नेलाई कारबाही गरिरहेको छ। शुक्रवार पनि बिहान काठमाडौं उपत्यकाबाट १४ सय ३ जना मानिसलाई नियन्त्रणमा लिएको छ। जसमा ४ सय ४१ जना महिला समेत रहेका छन्। उनीहरुलाई प्रहरी केही समय सडका उभ्याएर छोड्ने गरेको छ।

त्यस्तै ४५ वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको छ। गएका दिनको तुलनामा सवारी कारबाही सङख्या भने कम हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell