PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कार र मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहानै रविभवनमा एक जनाको मृत्यु



पहिलोपोस्ट

कार र मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहानै रविभवनमा एक जनाको मृत्यु
फोटो भुवन थापाको ट्विटरबाट

काठमाडौं : काठमाडौंको रविभवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज बिहान रविभवन ओरालो लामपाटीमा निजी कारले ठक्कर दिँदा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हो।

कलंकीबाट कालिमाटी जाँदै गरेको कारले मोटरसाइकलमा कालिमाटीबाट कलंकी तर्फ जाँदै गर्दा ठक्कर दिएको हो। मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुधेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell