PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एक जनाको ज्यान लिने गरी भएको कार र मोटरसाइकल दुर्घटना, कार चालक नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल



पहिलोपोस्ट

एक जनाको ज्यान लिने गरी भएको कार र मोटरसाइकल दुर्घटना, कार चालक नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल

काठमाडौं : नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कार र अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा काठमाडौंको रविभवनमा मोटरसाइकलमा यात्रारत एक जनाको मृत्यु भएको छ।

कार चालक कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबरा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार जबरा  आर्मी हेडक्वाटरमा कार्यरत छन्। 

बिहान सवा ७ बजे बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हो।

कलंकीबाट कालिमाटी जाँदै गरेको कार र कालीमाटीबाट कलंकीतर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्। मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनलाई कालिमाटीबाट मासु लिएर फर्किँदै गर्दा कारले ठक्कर दिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell