PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

लकडाउनमा हिँडेरै घर जाँदा लिकमै निदाए मजदूर, रेल उनीहरुमाथि नै गुड्यो, १४ जनाको मृत्यु



पहिलोपोस्ट

लकडाउनमा हिँडेरै घर जाँदा लिकमै निदाए मजदूर, रेल उनीहरुमाथि नै गुड्यो, १४ जनाको मृत्यु

भारतको महाराष्ट्रमा अलपत्र परेका १४ जना मजदूरको रेलले किच्दा मृत्यु भएको छ। लकडाउनका कारण महाराष्ट्रबाट मध्यप्रदेश हिँड्दै अघि बढेका उनीहरु थाकेर रेलवेको लिकमै सुतेका थिए। रेल उनीहरुमाथि गुडेको थियो। घटनामा ५ जना घाइते भएका छन्।

महाराष्ट्रको औरंगावादमा यस्तो दुर्घटना भएको हो। 'घाइतेहरुलाई औरंगावदाको सरकारी अस्पताल पुर्‍याइएको छ,' साउथ सेन्ट्रल रेलवेका जन सम्पर्क अधिकृत सीएच राकेशले भने। दुर्घटना आज बिहान ५:१५ बजे भएको हो।

जलनाबा भुसवालका लागि उनीहरु यात्रारत थिए। मध्य प्रदेश जान उनीहरु पैदलै यात्रारत रहेको पीटीआईले जनाएको छ। उनीहरु रेलको लिकैलिक हिँडेका थिए। थकाइ लागेर त्यही सुतेका थिए।

उनीहरुमाथि गुड्ने रेलले पेट्रोलिय पदार्थ बोकेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

दुर्घटनाको खबरपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे मन्त्री पियुष गोयलसँग यसबारे जानकारी लिएका थिए। उनले घटनालाई दुखद् भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell