PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्ता छन् सम्भावित कार्यसूची



पहिलोपोस्ट

संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँः संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो ४ बजे दुबै सदनको बैठक बस्नेछ । चालु अधिवेशनमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ । यस्तै, पिब्रजेट छलफल पनि सदनमा हुनेछ ।  

संसद् सचिवालयले स्वास्थ्यका दृष्टिकोणबाट बैठकलाई पूर्ण सुरक्षित बनाउन सदस्यहरुको कोरोना परीक्षण प्रक्रिया अघि बढाएको छ। बिहीबार स्वाब संकलन गरिएकाको नतिजा शुक्रबार आउँदैछ। शुक्रबार पनि थप नमूना संकलन गरिएको छ। बिहीबार ४४१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

शुक्रबार बस्ने पहिलो बैठकमा राष्ट्रपतिबाट प्रेसित पत्र बाचन हुनेछ। यस्तै, दुबै सदनमा केही नेपाल ऐनका साविकका व्यवस्था जगाउने अध्यादेश पनि पेस हुनेछ।

अधिवेशन प्रारम्भ भएको अवसरमा दलका नेताहरुबाट शुभकामना दिने सम्भावित कार्यसूची पनि दुबै सदनले तय गरेका छन्।

यस्तै, पूर्व सभासद विश्वनाथ अग्रवालको निधनमा शोक प्रस्ताव पनि पारित हुनेछ।

यस्तै सचिवालयले वैशाख २८ गतेबाट प्रिबजेट छलफलको तयारी गरेको छ।  प्रिबजेटपछि जेठ २ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी सचिवालयले गरेको छ। संवैधानिक प्रावधान अनुसार जेठ १५ गते भने बजेट पेस हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell